प्रधानमन्त्री भेट्न रवि पुगे बालुवाटार, मन्त्रीमा नियुक्त गर्न दबाब

काठमाडौं । पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
नागरिकता सम्बन्धी मुद्दामा शुक्रबार सर्वोच्च अदालत लामिछानेलाई दोषी ठहर गर्दै उनलाई सांसद र मन्त्रीबाट पदमुक्त गरेको थियो ।
अदालतको फैसलापछि उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्रीलाई भेट्न उनी दिउँसो बालुवाटार गएको स्रोतले बताएको छ ।
भेटवार्तामा रविले पुनः सोही पदमा नियुक्त गर्न प्रचण्डलाई दबाब दिइएको बुझिएको छ ।
त्यसअघि रविलाई पुनः मन्त्रीमा नियुक्त गर्न एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई दबाब दिएको बुझिएको छ । रविले भेटे लगत्तै प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार गएका छन् ।
आइतबार बसेको रास्वपाको बैठकले रविलाई सभापति बनाएको थियो ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया