NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले कन्जरभेटिभ पार्टीका प्रमुख नदिम जाहवीलाई पदबाट बर्खास्त गरेका छन् ।

कर छलीको आरोपमाथि गरिएको छानबिनमा उनले मन्त्री संहिताको गम्भीर उल्लंघन गरेको भेटिएपछि बर्खास्त गरिएको हो ।

गत वर्ष बेलायतको राजनीतिक उथलपुथलका क्रममा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका जाहबीमाथि करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोप थियो । यही अभियोगमा राजीनामा गर्न व्यापक दबाब आइरहेका बेला सुनकले बर्खास्त गरेका हुन् ।

स्वतन्त्र अनुसन्धानले पदीय मर्यादाको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि यस्तो कदम चालिएको सुनकले बताएका छन् । बर्खास्तको निर्णयबारे सुनकले राजालाई समेत जानकारी गराएको बताइएको छ ।

जाहवीले सुरुमा अभियोगबारे अस्वीकार गरेका थिए । तर पछिल्लो समय केही अनियमितता भएको स्वीकारेका थिए ।

जाहबीले करिब ६.११ मिलियन अमेरिकी डलर बराबरको कर बिलमा अनियमितता गरेको बताइएको छ ।