NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आत्मनिर्भर लघुवित्तको आईपिओ निष्काशन

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेका हुन् ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ फागुनसम्म र सर्वसाधारणले ११ फागुनदेखि १५ फागुनसम्म आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणले १५ फागुनसम्म माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २५ फागुनसम्म थप हुनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यको स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र मरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ।