NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मेकअप गर्दा कस्ता सामग्री प्रयोग गर्नुहुन्छ ? ध्यान दिनुहोस्, मेकअप सामग्री उचित नहुँदा बिग्रर्न सक्छ अनुहार

एजेन्सी । अनुहारमा मेकअप जति महत्वपूर्ण मानिन्छ त्यति नै यसको सामग्री पनि महत्वपूर्ण हुन्छ । मेकअप गर्दा उचित सामग्री प्रयोग नगर्दा तपाईंको लुक र पैसा दुवै बर्बाद हुन सक्छ। यसले तपाइको अनुहारमा धेरै समस्या र संक्रमण निम्याउँछ । धेरै मानिसहरु मेकअप सामग्रीकाे प्रयोग मिति जाँच नगरी मेकअप प्रयोग गर्छन्, जसले छालामा हानिकारक प्रभाव पारिरहेको हुन्छ ।

मेकअपका लागि प्रयोग हुने सबै कस्मेटिक्सको प्रयोग गर्ने मिति हुन्छ । मिति नाघेका मेकअप सामाग्री प्रयोग गर्दा यसले अनुहारको छालालाई नै कुरुप पार्छ । विशेषगरी आँखाका लागि प्रयोग गरिने सौन्दर्य प्रसोधनको प्रयोगमा सर्तक हुनुपर्छ । आँखामा संक्रमण छ भने, कस्मेटिक्स प्रयोग गर्न बन्द गर्नुपर्छ ।

कति समयमा मेकअप सामग्री परिवर्तन गर्ने ?

आयुर्वेदिक उत्पादनहरूको बारेमा कुरा गर्दा, सामान्यतया छाला र कपालको लागि प्रयोग गरिने उत्पादनहरूको मितिले तिनीहरूको उत्पादनको मितिदेखि ३ वर्ष सम्म हुन्छ भने रासायनिक उत्कृष्ट सौन्दर्य उत्पादनहरूको भने सामान्यतया २ वर्षसम्मत प्रयोग गर्न मिल्ने मिति हुन्छ। केही मेकअप कस्मेटिक्सको मिति यो भन्दा पनि कम हुन्छ। त्यसैले यसको प्रयोग गर्नु अघि यसको उत्पादन मिति हेर्ने जरुरी छ ।

मेकअप सामग्रीकाे उचित हेरचाह कसरी गर्ने ?

सामान्यतया बजारमा धेरै मेकअप उत्पादनहरूको म्याद समाप्त हुने मिति छैन, त्यसैले जब मेकअप परिवर्तन गर्ने समय आउँछ, तपाईले तिनीहरूलाई प्रयोग गर्ने कि नगर्ने भनेर सोच्नुपर्छ । मेकअप उत्पादनहरू धुलोको सम्पर्कमा मात्र आउँदैनन्, तर तिनीहरूको एप्लिकेटरहरू मार्फत छालाको प्राकृतिक तेलहरूसँग पनि मिसिन्छन्। तपाईंले आफ्नो कस्मेटिक्स भण्डारण गर्ने तरिकाले तिनीहरूको मितिलाई असर गर्न सक्छ। उत्पादनको रंग र सुगन्ध पनि महत्त्वपूर्ण छ। यदि लिपस्टिकको गन्ध आयो भने यसको अर्थ यसको तेल अलग भएको हो । यदि तपाईंको काजल सुख्खा वा धेरै टाँसिएको छ भने, यसको मतलब यो परिवर्तन गर्न आवश्यक छ । मेकअप सामाग्रीको परिवर्तन यो उत्पादनन भएको समय अनुसार हुन्छ ।

कुन सामग्रीको मिति कति हुन्छ ?

फाउन्डेसन एक वर्ष पछि परिवर्तन गर्दा राम्रो मानिन्छ । त्यस्तै लुज पाउडरको मिति दुईदेखि तीन वर्षसम्म रहन सक्छ । तर कम्प्याक्ट पाउडर दुई वर्षसम्म मात्र रहन्छ र कहिलेकाहीं त्यो भन्दा पहिले पनि सुक्न सक्छ। यसै गरी, ब्लस र आई स्याडोको मिति एउटै हुन्छ ।

यसको सामान्य म्याद नकिने मिति दुई वर्षसम्म रहन्छ, यदि ब्लस र आई स्याडोको रंग परिवर्तन भएको भए पनि यसलाई परिवर्तन गर्ने समय हो भनेर बुझनु पर्छ । त्यस्तै, काजल तीनदेखि छ महिनासम्म टिक्छ आईलाइन दुई वर्षको सम्म प्रयोग गर्न सकिन्छ ।

लिपस्टिक पनि दुई वर्ष टिक्छ, तर लिप ग्लोस १२ देखि १८ महिनासम्म मात्र प्रयोग गनुपर्छ । कुनै पनि मेकअप साम्रगीको रंग र गन्धमा परिवर्तन छ भने त्यसलाई तुरुन्त परिवर्तन गर्नु पर्छ । यसले अनुहाको छाला बिगार्न पाउँदैन् ।

मेकअप गर्नुअघि के कुरामा ध्यान दिने ?

मेकअप गर्नु अघि सधैं हात सफा छ कि छैन भनेर ध्यान दिनु पर्छ । हातको फोहर वा धुँलोले छालामा संक्रमण गराउने जोखिम उच्च हुन्छ । मेकअप ब्रश र एप्लिकेटरहरू हप्तामा एक पटक तातो पानीमा धुुनुपर्छ । धेरै समयसम्म एउटै ब्रशहरु पनि प्रयोग गर्नुहुँदैन् । प्रत्येक तीन महिनामा मेकअप ब्रश बदल्ने गर्नुहोस् । यसले पनि धेरै हदसम्म संक्रमणबाट बचाउँछ ।