NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एनआइसी एशिया बैंकले ७ ठाउँको जग्गा बिक्री गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा दर्ता भएको ७ ठाउँको जग्गा बिक्री गर्ने भएको छ । बैंकले  जग्गा बिक्रीका लागि सात दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

बैंकले कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. १५ मा र मालपोत कार्यालय लेखनाथमा दर्ता भएको रूपाकोटमा रहेको जग्गा, नवलपरासी रहेको चार वटा नवलपरासी (सुस्ता पूर्व) नवलपुरमा एउटा गरी कुल ७ वटा जग्गा बिक्री गर्न सूचना प्रकाशित गरेको हो ।

सो जग्गा किन्न चाहाने ईच्छुक ब्यक्ति, फर्म, सघ संस्थाले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।

यसभन्दा अघि बैंकले ३० ठाउँका जग्गाहरू बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरेको थियो ।