NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मधुमेहका बिरामीले काँचो मेवा खानु हुन्छ ?

काठमाडौ । पाकेको मेवा एक मात्र यस्तो फल हो । जसमा लगभग सबै भिटामिन पाइन्छ । पाकेको मेवा जति स्वास्थ्यको लागि फाइदाजनक छ त्यति नै काँचो मेवा पनि फाइदाजनक छ । काँचो मेवाको स्वाद पाकेको मेवाको भन्दा धेरै कम हुन्छ । तर यसको फाइदा स्वास्थ्यका लागि भने भरपुर छ ।

काँचो मेवा मधुमेह रोगीहरूको लागि आलुको विकल्प हो । काँचो मेवामा भिटामिन–बी, भिटामिन–सी, पोटासियम, फाइबर, फोलेट, आइरन र म्याग्नेसियमका अलावा फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । काँचो मेवा मधुमेह रोगीको लागि वरदान मानिन्छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

मेवामा पाइने पपाइनले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसले ग्यास र कब्जियतकाे समस्याबाट  छुटकारा दिन्छ । यसका साथै, काँचो मेवाले पेटको पीएच लेभललाई पनि कायम राख्छ। मेवामा पाइने ‘पपेन’ इन्जिनले छालालाई स्वस्थ राख्छ । यसले छालालाई सुन्दर र चम्किलो बनाइ अनुहारको चाउरीपना र दागहरूसमेत कम गर्छ।

जसले छाला राम्रो देखाउँछ । काँचो मेवामा पाइने विभिन्न भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्सले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ  । महिनावारीको समय पेट दुख्ने धेरैको समस्या छ । यसको सेवनले त्यो समस्याबाट आराम दिनुका साथै उर्जाशिल बनाउँछ । यसले स्तनपान गराउने आमाहरूलाई अझ बढि लाभ दिन्छ ।

स्तनपानको समय दुध कम आएको छ भने पनि यसले बच्चाका लागि दुध भरपुरमात्रामा बढाउँछ। गर्भावस्थामा समयममा भने मेवा हानिकारक हुन्छ ।