४१ अंकले घट्यो नेप्से, ३ अर्ब ३० करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४१.१६ अंकले घटेर २१२७.३७ विन्दुमा झरेको छ ।
आज कुल २५६ स्टकको ५७ हजार १२६ पटक कारोबारमा ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ३० करोड २२ लाख एक हजार ८२५ रूपैयाँको कारोबार भएको छ ।
आज सबै उपसमूहको परिसूचक घटेका छन् । नेप्सेका अनुसार आज होटल तथा पर्यटनको सबैभन्दा धेरै ३.६१ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ १.१५, विकास बैंक २.५२, वित्त ३.४२, जलविद्युत २.८९, लगानी २.७७, जीवन बीमा १.१०, उत्पादन १.३८, लघुवित्त १.७९, सामूहिक लगानीकोष १.२७, नीर्जीवन २.८५, अन्य २.१६, व्यापार १.८८ प्रतिशतले घटेको छ ।
आज लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै सोमबार युनाइटेड आइडिआइका लगानीकर्ताले सर्वाधिक ७.१४ प्रतिशतका दरले गुमाएका छन् ।
सोमबार कारोबार रकमको आधारमा सूर्याज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १७ करोड ६५ लाख ४० हजार रूपैयाँको कारोबार भयो । रिदी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार, पिपुल्स हाइड्रोपावर ९ करोड ५६ लाख २९ हजार, अप्पर तामाकोशी ९ करोड ३५ लाख ९२ हजार र अपि पावर कम्पनीले ७ करोड ७७ लाख ९३ हजार रूपैयाँ कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया