NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पक्राउ परे कैलालीका सांसद अरूणकुमार चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर २ मा निर्वाचित प्रतिनिधिसभा सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन् ।

चालकमाथि कुटपिट गरेर ट्याक्टरमा आगो लगाएको आरोपमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका उनलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।

उनलाई ६ महिना कैद सजायसँगै ८ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।

यो दुवै सजायबाट उन्मुक्त भई सांसद निर्वाचित भएका उनलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।

२०६६ भदौ ३ मा कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा चौधरीसिहतको टोलीले चालक साजन चौधरीलाई कुटेर आगो लगाएको थियो ।

उक्त घटना पछि ट्याक्टरधनी महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनीहरूविरूद्ध किटानी जाहेरी दिँदै उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

दोषि ठहर भएको एक दशभन्दा बढी समयपछि उनलाई पक्राउ गरिएको हो । यसअघि अदालतको आदेश पछि पनि उनी म्याद गुजारेर बसिरहेका थिए ।

मान्छे कुटेर ट्याक्टरमा आगो लगाउने कैलालीका सांसद चौधरीलाई तत्काल पक्राउ गर्न माग