NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आफैले गाडी चलाएका भुसाल बेहोस भएपछि अस्पताल भर्ना

काठमाडौं । एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।

बिहान साढे ११ बजेतिर आफैले गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा बानेश्वसमार बेहोस भएको उनका सहयोगी गौतम राईले जानकारी दिए । भुसाललाई अहिले सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य सामान्य रहेको राईले बताए । राईका अनुसार भुसालको प्रेसर लो रहेको छ । मेडिकल चेकजाँचपछि उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको राईले जानकारी दिए ।