NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राष्ट्र निर्माण र राज्य निर्माणबीचको फरक के हो ?

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले राष्ट्र  र राज्य निर्माणको फरकका साथै सीमान्तकृत समुदायलाई मूल प्रवाहमा समाहित गर्ने रणनीतिहरूबारे प्रश्नको समाधान सुझाउनुभएको छ।

राष्ट्र निर्माण र राज्य निर्माणको फरक प्रस्तुत गर्दै राज्यको मूल प्रवाहबाट सीमान्तकृत भएका समुदायलाई मूल प्रवाहमा समाहित गर्न अपनाइने राजनीतिक, सामाजिक–सांस्कृतिक तथा प्रशासनिक रणनीतिहरुलाई बुँदागत रूपमा उल्लेख गर्नुहोस । ५+५ =१०

राष्ट्र निर्माण र राज्य निर्माणको फरकका साथै सीमान्तकृत समुदायलाई मूल प्रवाहमा समाहित गर्ने रणनीतिहरू

१. विषय प्रवेश :

एउटै भाषा, धर्म, संस्कृति, ऐतिहासिकता, उत्पादन प्रणाली र गर्वमा आवद्ध समुदाय राष्ट्र हो भने निश्चित भूभाग, जनसंख्या, सरकार, सम्प्रभुता र अन्तर्राष्ट्रिय मान्यताले युक्त शक्तिले निर्माण गरेको प्रणाली राज्य हो । यसरी हेर्दा राष्ट्र सामाजिक–सांस्कृतिक अवधारणा हो भने राज्य शासकीय अवधारणा हो । राज्य व्यवस्थाभित्र विभिन्न राष्ट्रहरू हुन सक्छन् भन्ने मान्यता राखिन्छ । एउटा शक्तिशाली समुदायले शासन सञ्चालन गर्र्याे भने साना साना धेरै समुदायहरू उक्त राज्यमा सीमान्तकृत हुन सक्छन् । तर विद्यमान लोकतान्त्रिक प्रणालीमा सांस्कृतिक बहुलवादलाई अवलम्बन गर्दै सबै समुदायलाई राज्यको मूल प्रवाहमा आवद्ध गराइनु पर्छ भन्ने मान्यता राखिन्छ ।

२. राष्ट्र निर्माण र राज्य निर्माणबीचको फरक

राष्ट्र निर्माण र राज्य निर्माणबीचको फरकलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छः

राष्ट्र निर्माण 

  • जनसंख्याको भावनासँग सम्बधित विषय हो ।
  • beyond the state सँग पनि अन्तरसम्बन्धित विषय हो । जस्तोः Diaspora ,NRN
  • यसको क्षेत्र व्यापक छ ।
  • यसको उद्देश्य भावनात्मक एकता हो ।
  • राष्ट्र निर्माणको अर्थ राजनीतिक बिकासको सामाजिक,सांस्कृतिक एवं मनोवैज्ञानिक पाटो हो ।
  • साना साना क्षेत्रहरु, जातजातीहरु, भाषाभाषीहरू संस्कृतिमा आवद्ध हुनेहरु सवैले आफ्नाे विश्वास र प्रतिबद्धतालाई राष्टिय प्रणालीको आस्थामा आबद्धता जनाउँछन् ।
  • राजनीतिक संस्कार सहित राजनीतिक प्रणालीप्रति जनताको मनोवैज्ञानिक अपनत्व, ममत्व र स्वामित्व बोध भएको तथा राष्ट्र र राष्ट्रिय चिनारीहरू प्रति गर्व, सम्मान, र खुशीको अभिव्यक्ति दर्शाउँछ ।
  • सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली… राष्ट्र निर्माणको धारणासँग सम्बन्धित छ । ता कि राष्टिय धून बज्दा गौरवको अनुभूति होस । देशप्रेमको भावनाले मन ओतप्रोत होस् ।

राज्य निर्माण

  • Territory सँग सम्बधित विषय हो ।
  • राज्यको सीमाभित्र बाँधिएको हुन्छ ।
  • यसको क्षेत्र सिमित छ ।
  • यसको उद्देश्य शासकीय एकता हो ।
  • राज्य निर्माणको अर्थ राज्यको सवलीकरण,सशक्तिकरण एवं सक्षमता अभिवृद्धि हो । यो राजनीतिक र कानूनी अवधारणासँग नजिक छ।
  • राज्यले विकास र समृद्धि हासिल गर्नु, राज्यशक्ति सुदृढ गर्नु, राज्यप्रति सवै नागरिकले सम्मान,स्वामित्व र अपनत्वबोध गर्ने अवस्थाको सिर्जना गर्दछ ।
  • नेपाल दुई ढुङ्गा बीचको तरुल हो …राज्य निर्माणको धारणासँग सम्बन्धित छ ।

३. सीमान्तकृत भएका समुदायलाई मूल प्रवाहमा समाहित गर्न अपनाइने रणनीतिहरू

राज्यको मूल प्रवाहबाट सीमान्तकृत भएका समुदायलाई मूल प्रवाहमा समाहित गर्न अपनाइने राजनीतिक, सामाजिक सांस्कृतिक र प्रशासनिक रणनीतिहरु देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :

राजनीतिक रणनीतिहरू

  • एकीकरण(Integration)
  • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली(proportional representation election system)
  • सहमतीय भिटो प्रणाली (Consensus-Veto system) उदाहरण देशहरू: Netherland, Belgium, Switzerland
  • विभाजन (Division)

सामाजिक सांस्कृतिक रणनीतिहरू

  • विलय (Amalgamation): ठूलो संस्कृतिमा सानो संस्कृतिलाई विलय गराउनु
  • मिश्रण (Assimilation): ठूलो संस्कृति र सानो संस्कृतिलाई मिश्रण गराउनु र मिल्दोजुल्दो बनाउनु
  • छुट्याउनु (Segregation)
  • बहुलवाद (Pluralism) : सबैले सबैको अस्तित्वलाई स्वीकार गरि सहअस्तित्व कायम गर्नु

प्रशासनिक रणनीतिहरू

  • सांस्कृतिक सचेत कर्मचारीतन्त्र (Culturally competent bureaucracy)
  • विविधताको व्यवस्थापन (Diversity management)
  • सकरात्मक विभेद (Affirmative action)
  • प्रतिनिधिमूलक कर्मचारीतन्त्र (Representative bureaucracy)
  • आरक्षण (Reservation)

४. निष्कर्ष :

राष्ट्र सामाजिक सम्बन्धमा आधारित संयन्त्र हो भने राज्य शक्तिले निर्माण गरेको शासकीय प्रणाली हो । माथि उल्लेखित राजनीतिक, सामाजिक तथा सांस्कृतिक र प्रशासनिक रणनीतिलाई आवश्यकता अनुसार अबलम्बन गरी सांस्कृतिक बहुलवादलाई अँगाल्दै सबै धर्म, संस्कृति, भाषालाई सम्मान गर्दै आवश्यकता अनुसार संरक्षण गर्न सकियो भने समाजमा सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा आवद्ध गर्न सकिन्छ ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्