NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

परामाउन्ट मोटर्सद्वारा म्याक्सस टी ६०, टी ७० र टी ८० सार्वजनिक, मूल्य कति पर्छ ?

काठमाडाैं । नेपालमा म्याम्सस गाडीहरूको आधिकारिक विक्रेता परामाउन्ट मोटर्सले म्याक्सस टी ६०, टी ७० र टी ८० कार्गो भ्यान सार्वजनिक गरेको छ । साथै सोरूमको समेत उद्घाटन गरेको छ ।

यी प्रिमियम गाडीहरू भेरिएबल जिओमेट्री टर्बोचर्जर प्रविधिसहितको ३६० एनएम र ३७५ एनएम पीक टर्क अधिकतम पावर ११० किलोबाट १२० किलोवपाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्वो डिजेल इन्जिन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त गाडीहरूले अहिलेका ड्राइभिङ अनुभवका मागहरू पूरा गर्न सक्नेछन् । म्याम्सस टी ६०, टी ७० र टी ८० कार्गो भ्यानको मूल्य क्रमश ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार, र ५० लाख ४९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।

म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री स्टार्ट, पुस-स्टार्ट बटन, क्लाइमेट कन्ट्रोल जस्ता उत्कृष्ट फिचर रहेको कम्पनीको दाबी छ । मिडसाइज पिकअपहरूको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा  गाडी हुन् ।

म्याक्सस टी ६० र टी ७० मा लकिङ डिफररेन्सियलहरू पनि छन् र जसले गाडीहरूको अफरोड क्षमतालाइ बलियो बनाउँछ । ३ हजार १५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लागि उपयुक्त देखिन्छ ।

सुरक्षाको हिसाबले टी ६० गाडी निकै सुरक्षित रहेको कम्पनीको भनाइ छ । यसले फाइभस्टार एनएनसीएपी रेटिङ पाएको छ ।

म्याक्सस भी८० कार्गो भ्यान युरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २।५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। बाशको इन्टरकल्ड, इलेक्ट्रोनिक रुपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ।

भी८० प्यानल भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २।५ लिटर टबा‘ डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। प्यानल भ्यान निकै भरपर्दो गाडी हो। विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त छ।

म्याक्सस नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतीक्षित कार हो। म्याक्ससको आकर्षक डिजाइन र आधुनिक तथा स्मार्ट फिचरहरुले पक्कै पनि ग्राहकहरुको अपेक्षा पूरा गर्नेछ। विभिन्न वर्गका ग्राहकहरुको युटिलिटी गाडीको चाहना पूरा गर्ने सोचका साथ कम्पनीले म्याक्ससको मूल्य आकर्षक रहेको सुनिश्चित गरेको छ र उत्कृष्ट प्रदर्शन क्षमता सहितको युटिलिटी गाडीको लिगेसीलाई बलियो बनाउने अपेक्षा गर्दछ।

काठमाण्डौको नक्साल स्थिति म्याक्सस शोरुम बुकिङ र टेस्ट ड्राइभका लागि खुला छ।