NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गृहका विवादित प्रवक्ता फेरिए, बस्नेतलाई जिम्मेवारी

काठमाडौं। सरकारले गृह मन्त्रालयको प्रवक्ता परिवर्तन गरेको छ । यसअघि सहसचिव फणिन्द्रमणि पोखरेलले गृह मन्त्रालयको प्रवक्ता र शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले सहसचिव जितेन्द्र बस्नेतलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । यस्तै उनलाई सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

यसअघिका प्रवक्ता फणिन्द्र पोखरेलले एक अभियुक्त समाउन प्रहरीलाई निर्देशन दिँदा निर्देशन नमानेको भन्दै विज्ञप्ती निकालेका थिए । उक्त विज्ञप्तीसँगै उनको आलोचना भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष