NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष जेल सजाय

काठमाडाैं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई सो  सजाय हुने फैसला सुनाएको हो ।

यसभन्दा अघि नै (माघ १०) गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यतिबेला नै उनलाईबाल यौन दुरुपयोग र मानव बेचबिखनको आरोपमा ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।

मानव बेचबिखनको कसुरमा भने सजाय निर्धारणका लागि माघ २३ गते(आज) को पेसी तोकिएको थियो ।