NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सरकार गठन भएको २४ दिनपछि मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

काठमाडौं । सरकार गठन भएको २४ दिनपछि मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै छ । यसअघि दुई मन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा माओवादी केन्द्र रहेको थियो ।

मंगलबार तेस्रोपटक विस्तार हुन लागेको मन्त्रीपरिषद्‌मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने तयारी भएको सदीय दलका नेता भरतप्रासद साहले बताए ।

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई सोमबार नियुक्त गरेका हुन् । मधेश प्रदेशमा माओवादी केन्द्रका ८ जाना सांसद रहेका छन् ।

जसपाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यदवसहित पुस २९ मा तीन जना मन्त्रीले शपथ लिएका थिए । यादवलाई जसपा, एमाले, माओवादी केन्द्र र जनमत पार्टीको समर्थन रहेको छ ।