NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नाउपाले के गर्ला ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।

पदमा नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुरूप नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा मुख्यमन्त्री नियुक्त रावलले बुधबार विश्वासको मत लिन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले बुधबार बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएको छ ।

विश्वासको मत हािसल गर्न रावलले २७ सांसदको समर्थन हासिल गर्नुपर्ने हुन्छ । तर रावललाई समर्थन गरेको दलमध्येको एक नागरिक उन्मुक्ति पार्टी अनिर्णित छ । उसले सरकार गठनका बेला जनाइएको रेशम चौधरीको रिहाइ गर्ने प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने  अडान लिँदै आएको छ । त्यसैले रावलले विश्वासको मत पाउने, नपाउने नागरिक उन्मुक्ति पार्टीको हातमा छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष