NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

विवेकशीलको महाधिवेशन माघ २७ देखि, बाबुराम अतिथि

काठमाडौं । विवेकशील साझा पार्टीको महाधिवेशनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई अतिथि हुने भएका छन् ।

पार्टी अध्यक्ष समिक्षा बास्कोटाले समाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले महाधिवेशनको निमन्त्रण स्वीकारेको जानकारी दिएकी छिन् ।

‘निम्तो स्विकारोक्तीका लागि हार्दिक कृतज्ञता । नेपालको वैकल्पिक राजनीतिका प्रवल अभ्यासकर्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विवेकशील साझा पार्टीको ऐतिहासिक महाधिवेशनको निमन्त्रणा स्वीकारका लागि हार्दिक धन्यवाद,’ उनले लेखेकी छिन् ।

पार्टीले यही माघ २७ र २८ गते राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन गर्ने भएको छ ।