NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

बढुवा भएका सैनिकलाई दज्र्यानी चिह्न प्रदान

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा हुनुभएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिएको छ । सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष