NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

महिला टी–२० विश्वकप : आयोजक दक्षिण अफ्रिका ३ रनले श्रीलंकासँग पराजित

काठमाडौं । दक्षिण अफ्रिकामा जारी महिला टी–२० विश्वकपको पहिलो खेलमा श्रीलंकाले आयोजक टोलीलाई ३ रनले पराजित गरेको छ ।

समूह ‘ए’ को रोमाञ्चक खेलमा श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२९ रन बनायो ।

दक्षिण अफ्रिकी टोलीलाई जितका लागि १३० रन आवश्यक भएकोमा नौ विकेट गुमाएर उसले मात्रै १२६ रन जोड्न सक्यो ।

१० फेब्रुअरीदेखि २६ फेब्रुअरीसम्म चल्ने यस विश्वकपमा विश्वका १० टोलीको सहभागिता रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष