NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

माओवादी मन्त्री केसीद्वारा राजीनामा

काठमाडौं । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशमा नियुक्त विनाविभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् ।

केसी मन्त्रालय बाँडफाँटको विषयमा सुरुदेखि नै असन्तुष्ट थिइन् । यही कारण उनले राजीनामा दिएको बताइएको छ ।

माओवादी केन्द्र, लुम्बिनी प्रदेशका एक सदस्यले केसीले मन्त्रीबाट राजीनामा दिएको जानकारी दिए ।