NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित अखबारहरूमा राजनीतिबाहेकका विषयले प्राथमिकतामा पाएका छन् ।

कान्तिपुर दैनिकले आज लघुवित्तको बदमासीमाथि मुख्य समाचार बनाएको छ । समाचार अनुसार, लघु वित्तले २० प्रतिशतसम्म सेवा शुल्क र २५ प्रतिशतसम्म ब्याज तथा चर्को हर्जना लिँदा ऋणीहरू मर्कामा परेका छन् ।

चीनको मेडिसिन साइन्स एण्ड रिसर्चले बनाएको कोभिडविरुद्धको नयाँ खोपको क्लिनिकल ट्रायल नेपालका विपन्नलाई समुदायलाई लक्ष्य गरेर सञ्चालन गरिएको अर्को संवेदनशील खबर कान्तिपुरले ब्रेक गरेको छ । समाचार अनुसार स्थानीय एकीकृत विकास समाज नेपालले यसको परीक्षणको जिम्मा लिएको छ ।

कान्तिपुर लेख्छ– आफूमाथि भइरहेको परीक्षणको विषयमा सोधखोज गर्न नसक्ने समुदायलाई निसाना बनाएर खोप परीक्षण गरिएको छ ।

उपत्यकाबाहिरका धेरै अस्पताल भेन्टिलेटर नहुँदा उपचार सेवा प्रवाह गर्न सकिरहेका छैनन् । तर केन्द्रमा भने कोभिडकालमा खरिद गरिएका भेन्टिलेटर प्रयोगविहीन भएर थन्किएका छन् । नयाँ पत्रिकाले आज सरकारको यही अव्यवस्थित रवैयाबारे मूल खबर बनाएको छ ।

राष्ट्रपति निर्वाचनमा समीकरण बदल्ने रणनीतिमा कांग्रेस र एकीकृत समाजवादी लागेकोदेखि इन्टरपोलसँग सहकार्यबाट नेपालले हासिल गरेको उपलब्धिको समीक्षासम्म नयाँ पत्रिकाको पहिलो पृष्ठमा अटाएका छन् ।

अन्नपूर्ण पोस्ट् दैनिकले मधेस स्वास्थ्य प्रतिष्ठानबारे एक रिपोर्ट छापेको छ । रिपोर्टअनुसार, प्रतिष्ठान आफैं सिकिस्त बिरामी छ ।

सरकारी मुखपत्र गोरखापत्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका वक्ताले राखेको भनाइलाई मुख्य समाचार बनाएको छ भने नागरिकले राष्ट्रपतिको सवारीका क्रममा स्थानीयलाई पुगेको सास्तीमाथि समाचार बनाएको छ ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाका फ्रन्ट पेज ः