NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् नेपाली बजारमा उपलब्ध एप्रिला स्कुटर, कति पर्छ मूल्य ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा इटालियन ब्राण्डको एप्रिला स्कुटर बढी रुचाउन थालेको पाइएको छ । छोटो समयमा नै यसको लोकप्रियतामा वृद्धि हुनुको पछाडी यसको मूल्य र डिजाइन प्रमुख रहेको देखिन्छ ।

मूल्यको हिसाबले सबैले किन्न सक्ने, आकर्षक र बलियो डिजाइन, पावर साथै अफ रोडका लागिपनि उपयुक्त हुने लगायतका विशेषताले गर्दा ग्राहकहरूले एप्रिला स्कुटर रुचाउन थालेको बिक्रेताको भनाइ छ ।

दुई पाँग्रे सवारी साधनमा नेपालमा हिरो होण्डा यमाहा जस्ता बाइकले राज गरिरहेका छन् । तापनि पछिल्लो समयमा नयाँ कम्पनीका दुई पाँग्रे सवारी साधनले बजार लिन थालेको छ । पछिल्लो समय एप्रिला स्कुटरले नेपाली बजारमा राम्रो सफलता पाइरहेको छ । अन्य कम्पनीका स्कुटरको तुलनामा यो स्कुटरको डिजाइन गुणस्तरीय भएको कम्पनीको दाबी छ ।

बाइकमा जस्तै विशेषता यो स्कुटरमा रहेकाले स्कुटरप्रति युवाहरू आकर्षित भइरहेको कम्पनीको भनाइ छ । एप्रिलाको नेपालको लागि आधिकारिक बिक्रेता ‘दुगर ब्रदर्स एण्ड सन्स प्राइभेट लिमिटेड’ हो । यस कम्पनीले नेपालमा अप्रिलाका स्कुटर बिक्रीवितरण गर्दै आएको छ ।

एप्रिला स्कुटरको छोटो इतिहास

एप्रिलाको स्थापना दोस्रो विश्वयुद्धपछि इटलीस्थित वेनिस प्रान्तको नोयलमा भएको थियो । त्यतिबेला एउटा सानो साइकल उत्पादन कारखानाको रूपमा अल्बर्टो बेगियोले स्थापना गरेका थिए ।

पछि अल्र्र्बर्टोका छोरा इबानो बेगिनोले सन् १९६८ मा उक्त कम्पनीको जिम्वेवारी समाल्न थाले । उनले ५० सिसीको मोटरसाइकल निर्माण गरे । एप्रिलाको पहिलो उत्पादनको नामको लिब्री डानिएला र प्याकी राखिएको थियो । पछि उत्पादन भएको बाइकको नाम सन् १९७० मा स्क्यारबियो राखियो । त्यसपछि स्क्यारबियो ५० र १५० सिसी भर्सनमा आउन थाल्यो ।

सन् १९८० को दशकमा एप्रिलाको ५० र ६०० सिसीको बाइक परीक्षणको लागि सडकमा गुड्न थाले । १९८१ मा एप्रिलाले १२५ एसटिएक्स र ३५० एसटिएक्स सार्वजनिक ग-यो । सन् १९८६ मा एप्रिलाले एएफवान सार्वजनिक ग-यो ।

सन् १९९० को दशकमा पहिलोपटक एप्रिलाको प्लास्टिकका स्कुटर बजारमा भित्रिएको थियो । सन् १९९२ मा उत्प्रेरक कन्वर्टसको साथ एमिको एलके अथवा स्ट्रोक पेगासो १२५ सुरु ग-यो । सन् १९९३ मा चार स्ट्रोक, चार भल्वको साथ स्कारवियो नामको पुनःप्रयोग गर्दै दुई पाँग्रे स्कुटर सार्वजनिक गरेको थियो । पछि एप्रिलाले लियोनार्डो, एसआर र गुलिभरजस्ता धेरै स्कुटर सार्वजनिक गरे ।

सन् १९९५ मा दुई स्ट्रोक आरएस १२५ र आरएस २५० स्पोर्टस बाइक सार्वजनिक ग-यो । सन् १९५८ मा आरएसभी माइल, एक हजार सिसी भी ट्वीइन सुपरब्याक र फ्यूलको एक हजार सिसी भी ट्वीन स्पोर्ट टुरर लन्च ग-यो । यसरी विभिन्न कालखण्डमा एप्रिलाले विभिन्न मोडलका दुई पाँग्रे सवारी बजारमा भित्र्याउँदै आएको छ ।

नेपालमा उपलब्ध एप्रिला स्कुरटर र यसको मूल्य

एप्रिला स्ट्रोम १२५

नेपाली बजारमा उपलब्ध एप्रिलाका स्कुटरमध्ये सबैभन्दा सस्तो स्कुटर एप्रिला स्ट्रोम १२५ हो । यो स्कुटरले ८ हजार ५ सय आरपिएममा ९.४ एचपी पावर दिन्छ । त्यस्तै ७ हजार ५ सय आरपिएममा ८.२ एनएम टर्क उत्सर्जन गर्छ । यो स्कुटरले ११५ किलोमिटरसम्म स्पीड दिन्छ ।

कम्पनीका अनुसार यो स्कुटरले ४३.३९ किलोमिटरसम्म माइलेज दिन्छ । यसको फ्युल ट्यांकी क्षमता ६.५ लिटर रहेको छ । नेपाली बजाररमा यो स्कुटरको मूल्य २ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको छ ।

एप्रिला एसआर १२५

एप्रिला एसआर १२५ स्कुटर नेपालमा ३ वर्षअघि सार्वजनिक भएको थियो । खैरो र निलो रङमा यो स्कुटर उपलब्ध छ । कम्पनीका अनुसार यो स्कुटरको बडीमा हाइली सेन्थिक फाइबर प्रयोग गरिएको छ । यो स्कुटरले ७२५० आरपिएममा ९.५२ एचपीपावर र ६२५० आरपिएममा ९.९ एनएम टर्क उत्सजन गर्छ । उक्त स्कुटरले ४० देखि ४५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

विशेष गरी २० देखि ३० वर्षका युवाहरूलाई लक्षित गरेर यो स्कुटर डिजाइन गरेको कम्पनीको दाबी छ । हालयसको बजारमूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँ रहेको छ ।

एप्रिला एसआर १५०

युवाहरूको रोजाइमा पर्न सफल भएको स्कुटरमध्ये एक हो एप्रिला एसआर १५० । आकर्षक लुक, पावरफुल इन्जिन लगायतका कारण यो स्कुटरको माग बजारमा बढ्दो मात्रामा रहेको बिक्रेताको दाबी छ ।

एप्रिला एसआर १५० ले ६७५० आरपिएममा १०.४ पिएमपावर तथा ५ हजार आरपिएममा ११.४ एनएम टर्क जेनेरेट गर्दछ । यो स्कुटरले ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीको भनाइ छ । यसको फ्यूल ट्यांकी ६.५ लिटर रहेको छ । यसको बजारमूल्य ३ लाख २८ हजार ९ सय रुपैयाँ रहेको छ ।

एप्रिला एसआर १५० रेस

एप्रिला एसआर १५० रेस स्कुटरको माग पनि नेपाली बजारमा बढ्दो मात्रामा छ । कम्पनीका अनुसार यो स्कुरले ६ हजार ७५० आरपिएममा १०.४ पिएमपावर तथा पाँचहजार आरपिएममा ११.४ एनएम टर्क जेनेरट गर्दछ । यो स्कुटरले ४३ किलोमिटरसम्म माइजेज दिने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो स्कुटरको मूल्य ३ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको छ ।

एप्रिला एसएक्सआर १६० सिसी

नेपाली बजारमा उपलब्ध एप्रिलाका स्कुटरमध्ये यो स्कुटर सबैभन्दा बढी मूल्यको स्कुटर हो । एप्रिला एसएक्सआर १६० सिसीले ७ हजार एक सय आरपिएममा २२ पिएमपावर तथा ५ हजार ७५० आरपिएममा ११ एनएम टर्क जेनेरेट गर्दछ । यसको फ्युल ट्यांकीक्षमता ७ लिटर रहेको छ । साथै कम्पनीका अनुसार स्कुटरले ४० किलोमिटर माइलेज दिन्छ ।

रातो निलो, कालो र सेतो रङमा यो स्कुटर उपलब्ध रहेको छ । कम्पनीकाअनुसार यसको बजारमूल्य ४ लाख ५४ हजार ९ सय रुपैयाँ रहेको छ ।