NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अर्थमन्त्री पौडेलले बोलिरहँदा कांग्रेसको नियमापत्ति

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बाेलिरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ ।

अर्थमन्त्रीले अर्धवार्षिक समीक्षामाथि शुन्य समयमा सासंदहरुले उठाएको प्रश्नको मन्त्री पौडेलले जवाफ दिने क्रममा कांग्रेसका सांसद रामहरी खतिवडाले नियमापत्ति जनाएका हुन् ।

सर्वोच्च अदालतले सांसद पद खारेज गरेको रवि लामिछानेको नाम संसद सचिवालयको लिस्टमा रहेको देखेपछी उनले सर्वोच्चको फैसला पुनः पढेर सुनाउन सभामुखलाई आग्रह गरे ।

सासंद खतिवडाकाे नियमापत्ति पछि सभामुखले ध्यानाकर्षण भएको भन्दै प्राविधिक त्रुटिका कारण भुलबस लामेछानेको नाम पर्न गएको सदनमा जानकारी गराएपछि विवाद साम्य भएको थियाे ।