NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

माइग्रेन भएको कसरी थाहा पाउने ?

एजेन्सी । सामान्यतया टाउको दुख्ने समस्या हर कोहिलाई हुनसक्छ । टाउको दुख्नुको धेरै कारण छन् । जसमध्ये माइग्रेन एक हो । कहिलेकाहीँ तनाव बढी लिदा पनि टाउको दुखेको महसुस भइरहेको हुन्छ । आँखा कमजोर हँदा, थकाइ लाग्दा पनि टाउको दुख्छ । तर तपाईलाई अत्यधिक टाउको दुखिरहन्छ भने माइग्रेनको समस्या भएको हुनसक्छ ।

माइग्रेन विश्वमै धेरै हुने न्युरोलोजिकल डिसअर्डर पनि हो । माइग्रेनबाट गुज्रिरहेका व्यक्तिलाई लगातार टाउको दुख्ने गर्छ । ९० प्रतिशत व्यक्तिमा वंशाणुगतका कारण माइग्रेन हुने गरेको अध्ययनले देखाएको छ ।

माइग्रेन प्रायः हल्का वा पीडादायी टाउको दुखाइ हो । जसमा टाउकोको एक छेउमा तीव्र रुपमा दुख्छ । यो सामान्य टाउको दुखाइ भन्दा अत्यधिक पिडादायी हुन्छ । माइग्रेन हुँदा टाउको दुखाइसँगै वान्ता हुने लक्षण देखिने गर्छ । मतिस्ष्क, स्नायु र रक्त कोशिकाहरूको रसायनहरूमा छोटो अवधिको परिवर्तनको कारणले माइग्रेन हुन्छ ।

कसरी कम गर्ने माइग्रेन ?

माइग्रेनलाई कम गर्न सबैभन्दा पहिला आफ्नो शारीरिक र मानसिक स्थितिलाई स्वीकार गनुहोस् । त्यस्तै, आरामदायी रुपमा बसेर आँखा बन्द गरेर लामो श्वास लिने र छोड्ने अभ्यास गर्ने गनुहोस् । यसले मष्तिस्क र मन दुवै शान्त राख्न मद्त गर्छ । माइग्रेनको समस्या भएकाले दैनिक ताजा हावा र स्वस्थ वातावरणमा बस्ने गनुपर्छ । हरेक दिन २० देखि ३० मिनेट शारीरिक व्यायाम, स्ट्रेचिङ र योग गर्ने बानी बसाल्नुहोस् ।