NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे अस्पताल

काठमाडौं । सिलिण्डर ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न  सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित वर्न अस्पताल पुगेका छन् ।

बिहीबार बिहान अस्पताल पुगेका देउवाले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनको आमाको बिहान ११ बजेर ५७ मिनेटमा निधन भइसकेको छ ।

भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थिति नेशलन बर्न अस्पताल लाने तयारी भइरहेको छ । देउवाको साथमा उपसभापति धनराज गुरुङ, प्रमुख सचेतक रमेश लेखक, नेता बालकृष्ण खाँण, अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेले अस्पताल गएका छन् ।

बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति सिलिण्डर विस्फोट हुँदा भण्डारीको ३० प्रतिशत र उनको आमाको ७० प्रतिशत शरीर जलेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष