NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल र स्कटल्याण्ड भिड्दै, दुवैको दाउ जितलाई निरन्तरता दिने

काठमाडौं । आइसिसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजमा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदानमा स्कटल्याण्डसँग नेपालको यो पहिलो प्रतिस्पर्धा हो ।

खेल अहिले बिहान ९ बजे टियु मैदान, कीर्तिपुरमा हुनेछ ।

आजको खेलमा नेपाल जितलाई निरन्तरता दिनुपर्ने दबाबमा हुनेछ । यसअघि सम्पन्न पहिलो खेलमा उसले नामिबियालाई पराजित गरेको थियो ।

नेपालजस्तै स्कटल्याण्डले पनि पहिलो खेलमा नामिबियालाई हराएकाले ऊ पनि दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल र स्कटल्याण्डले यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यी दुई टिमले चार पटक खेलेका छन् । जसमा नेपालले १ र बाँकी स्टकटल्याण्डले जितेको थियो । नेपाल र स्कटल्याण्डबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो भेटचाहिँ १३ जुलाई, २०२२ मा भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष