NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

स्पेनमा महिनावारी विदा सम्बन्धी कानुन संसदबाट पारित

अन्य कुन देशमा छ यस्तो व्यवस्था ?

एजेन्सी । स्पेनको संसदले महिलालाई सशुल्क महिनावारी विदा दिने कानुनलाई अनुमोदन गरेको छ । यसको पक्षमा एक सय ८५ र विपक्षमा एक सय ५४ जना सांसदले मत हालेका थिए ।

कार्यालयमा महिनावारी विदा दिनेबारे कानुन पारित गर्ने यूरोपमै पहिलो देश भएको छ स्पेन । अब त्यहाँका महिलाहरूले महिनाको तीन दिन महिनावारी विदा पाउनेछन् ।

यो विदा आवश्यका परेमा पाँच दिनसम्म पनि लिन पाइने कानुनी व्यवस्था गरिएको छ । पाँच दिनसम्मको विदा लिन भने उनीहरूले आफ्नो अवस्थाबारे जाँच भएको चिकित्सकको कागजात पेश गर्नुपर्ने हुन्छ ।

यसरी ‘पेड लिभ’ दिनका लागि सरकारले आफ्नै समाजिक सुरक्षा कोषबाट रकम निकासाको पनि व्यवस्था गरेको छ ।

हालसम्म ऐसिया र अफ्रिकाका केही मुलुकहरू जस्तै जापान, ताइवान, इन्डोनेसिया, दक्षिण कोरिया र जाम्बियाले महिनावारी बिदा दिने नीतिगत निर्णय गरिसकेका छन् । यूरोपमा भने यस्तो किसिमको कानुन पारित गर्ने स्पेन पहिलो मुलुक बनेको हो ।