नेपालको राष्ट्रिय सुरक्षाका चुनौती के हुन् ? कस्ता रणनीति अपनाउने ?

जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले नेपालको राष्ट्रिय सुरक्षाका चुनौती र यसका रणनीतिबारे प्रश्नको समाधान सुझाउनुभएको छ।
नेपालको राष्ट्रिय सुरक्षाका चुनौतिहरू उल्लेख गर्दै उक्त चुनौतिको सामना गर्ने अपनाउनु पर्ने रणनीतिहरू बारे संक्षिप्त चर्चा गर्नुहोस । ५+५ =१०
नेपालको राष्ट्रिय सुरक्षा : चुनौतिहरू र सामना गर्न अपनाउनु पर्ने रणनीतिहरू
१. राष्ट्रिय सुरक्षाको परिचय
सुरक्षा बहुआयामिक विषय भएकोले यसले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय पक्षलाई समेट्छ । राष्ट्रिय सुरक्षा भन्नाले समग्र राज्य व्यवस्थापन प्रणालीमा अहिंसा र भयमुक्तताको अवस्था तथा राज्यको सीमा सुरक्षा र राष्ट्रिय सम्प्रभूताको रक्षा भएको अवस्था हो । राष्ट्रिय सुरक्षाले भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक रुपमा देशको पूर्ण सुरक्षालाई बुझाउँदछ ।
२. नेपालको राष्ट्रिय सुरक्षाका चुनौतिहरू
नेपालको राष्ट्रिय सुरक्षाका चुनौतिहरु देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :
- राज्यको पुनः संरचनामार्फत संघीयता कार्यान्वयनका सन्दर्भमा सिर्जित सुरक्षा व्यवस्थापन
- राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण हुन नदिई दण्डहिनताको अन्त्य गर्नु
- संविधान पूर्ण कार्यान्वयन गरी स्थीर राजनीतिक प्रणालीको स्थापना गर्दै मानव अधिकारको संरक्षण गर्नु
- राष्टिय सिमानाको रक्षा र सिमा व्यवस्थापन गर्नु, नेपाल भारतको खुला सिमानामार्फत हुने अपराधको नियन्त्रण
- चोरी, तस्करी तथा सिमापार अपराधको नियन्त्रण
- नागरिकका मौलिक हकको रक्षा गर्नु ,
- संगठित अपराध नियन्त्रण गर्नु
- द्धन्द्धकालीन मुद्धाहरुको व्यवस्थापन गरी पूर्ण शान्तिको प्रत्याभूति दिलाउनु
- साझा चासोको अन्तराष्ट्रिय विषयको व्यवस्थापन जस्तो Climate Change Trans Boarder Crime Control etc.
- जातीयता र क्षेत्रीयताका नाममा हुने आन्दोलनको व्यवस्थापन गर्नु
- साना हातहतियारको नियन्त्रण गर्नु
- प्रविधिका विकासमार्फत सिर्जित सुरक्षा व्यवस्थापनको चुनौति
- सामाजिक सञ्जाल तथा विद्युतीय कारोबारमार्फत सिर्जित सुरक्षा चुनौति
३. राष्ट्रिय सुरक्षा चुनौति सामना गर्ने रणनीतिहरू
नेपालको राष्ट्रिय सुरक्षा चुनौतिलाई सामना गर्न देहाय बमोजिमका रणनीतिहरुको अबलम्बन गर्नु उपयुक्त हुन्छ :
- राजनीतिक तथा सामाजिक बैधता अभिवृद्धि गर्ने,
- समग्र राज्य संयन्त्र लगायत सुरक्षा निकायको सुदृढीकरण गर्ने,
- विदेशीहरुको आवत जावतलाई प्रभावकारी नियमन गर्ने,
- सुशासन प्रबद्र्धन तथा भ्रष्टाचार नियन्त्रण गर्ने,
- संगठित लगायत समग्र अपराध रोकथाम तथा नियन्त्रण गर्ने,
- विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने,
- सुदृढ तथा प्रतिस्पर्धात्मक अर्थतन्त्रको विकास गर्ने,
- गरिबी न्यूनीकरण तथा रोजगारी श्रृजना गर्ने,
- सुचना संकलन, विश्लेषण, र उपयोगमा प्रभावकारिता ल्याउने,
- सबै प्रकारका बाह्य चुनौतीहरुको सामना गर्न सक्ने क्षमता विकास गर्ने
- सीमा नाकाको सुरक्षा, हवाई सुरक्षा तथा उत्थानशिलता अभिवृद्धि गर्ने ।
४. निष्कर्ष
सुरक्षा अनुभूतिजन्य विषय पनि भएकाले जनतालाई सुरक्षाको महसुस गराउनु सुरक्षा सम्वद्ध निकायको सबैभन्दा महत्वपूर्ण चुनौति रहेको सन्दर्भमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, विभिन्न तहमा रहेका सुरक्षा समितिहरु तथा सुरक्षा निकायहरुले समन्वयात्मक रुपमा कार्य गरी आफ्नो आफ्नो भूमिकामा प्रभावकारिता ल्याइ माथि उल्लेखित रणनीतिको अबलम्बनमार्फत शान्ति सुरक्षा सुदृढ पार्नु अपरिहार्य देखिन्छ ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना nepalwatch2020@gmail.com मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)
लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्
ताजा अपडेट
-
भागबण्डामा गठबन्धन दलहरूबीच हानाथाप : बुधकारको बैठक पनि बिना निष्कर्ष टुंगियो
-
माओवादीका चर्चित नेता कुशवाहा किन जनमत पार्टी प्रवेश गरे ?
-
दर्शकको रोजाइमा किन पर्छन् हास्यविधाका चलचित्र ?
-
भागबण्डाको उल्झनमा गठबन्धन : प्रधानमन्त्रीले १६ वटा मन्त्रालयको भारी कहिलेसम्म बोक्ने ?
-
जग्गाको कित्ताकाट गर्न घुस माग्ने दुईजना अख्तियारको फन्दामा
प्रतिक्रिया