NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यती जहाज दुर्घटना : अन्य पाटपुर्जा खोजीको माग

काठमाडौं । गत माघ १ मा पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजका केही महत्तवपूर्ण पाटपुर्जा खोजीका लागि पत्राचार गरिएको छ ।

सरकारले दुर्घटना सम्बन्धि छानविन गर्न गठन गरेको जाँचबुझ आयोगले ती उपकरणको खोजी गर्न यती एयरलाइन्सलाई पत्राचार गरेको हो । उपकरण खोजीका लागि आयोगले आवश्यक समन्वय माग गरेको छ ।

आयोगले जहाजका MFC(Manual Flight Control), AFU(Auto Feather Unit), GCU(General Control Unit), EEC(Electronic Engine Controls ) लगायतका उपकरहणहरूको खोजी गरी आयोगले तोकेको ठाउँमा स्थान्तरणका लागि माग गरेको छ ।

आयोगले यसअघि जारी गरेको घटनाको प्रारम्भिक प्रतिवेदनले जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरको अवस्थामा गएको जनाएको छ।

यो अवस्थामा किन गयो भन्नेबारे थप अध्ययन हुँदै छ ।जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरमा भएका विवरणका आधारमा उक्त अध्ययन गरिएको थियो ।