NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

तारा एयरको दुर्घटना प्रतिवेदन यसै साता सार्वजनिक हुने

काठमाडौं । गत जेठ १५ मा पोखराबाट जोमसोमका लागि उड्दै गर्दा दुर्घटना भएको तारा एयरको जहाजबारे छानविन गर्न बनेको समितिले अनुसन्धान पूरा गरेको छ । समितिले तयार पारेको प्रतिवेदन यसै साता सार्वजनिक हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा समितिका सदस्य बुद्धिसागर लामिछानेले घटना सम्बन्धी प्रतिवेदन मन्त्रालयमा पेश भइसकेको जानकारी दिए । उनका अनुसार यसै साताभित्र प्रतिवेदन सार्वजनिक गरिनेछ । ‘समितिले प्रतिवेदन तयार पारेर बुझाइसकेको छ,’ उनले भने, ‘सार्वजनिक विदा र मन्त्रीज्यूको व्यस्तताका कारण उहाँसमक्ष पेश गर्न पाइएको छैन । यसै साताभित्र सार्वजनिक गर्ने तयारी छ ।’

उक्त दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको उक्त ट्वीनअटर जआज थासाङ गाउँपालिका २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलटमा उत्सव पोखरेल र परिचारिका किस्मी थापा थिइन् ।

दुर्घटना पछि मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । जसमा क्याप्टेन तथा प्रशिक्षक पाइलट दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव लामिछाने सदस्य छन् ।

पाइलट घिमिरे भन्थे : हस्ती पाइलटहरू गइसके सचेत हुनुपर्छ