NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बन्दै नबनेको बाटोको कार्य सम्पन्न प्रतिवेदन बुझाएर भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसनधान आयोगले बन्दै नबनेको सडकको झुटो कार्य सम्पन्न प्रतिवेदन बनाई भ्रष्टाचार गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध मुद्दा दायर गरेको छ ।

आयोगले दैलेखस्थित गुराँस गाउँपालिकाका तत्कालिन इन्जिनियर सरोज कुमार दाहाल र सब इन्जिनियर नविन कुमार वि.सीविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

इन्जिनियर द्वयले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्गर्तत आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणमा रकम हिनामिना गरेको पाइएको छ ।

उनीहरूले आपसी मिलेमतोमा बन्दै नबनेको सडकको झुटो नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको विवरण बुझाएको बताइएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको सजायको मागदाबी सहित उनीहरूविरूद्ध मुद्दा दायर भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष