NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आइफोनका लागि ‘डेलिभरी ब्वाई’ को हत्या

एजेन्सी । भारतको कर्नाटकमामा आइफोनको लागि ‘डेलिभरी ब्वाई’ को हत्या भएको घटना सार्वजनिक भएको छ । मोबाइल किन्ने पैसा नहुँदा २० वर्षीय हेमन्त दत्तले हत्या गरेका हुन् । हाल प्रहरीले उनलाई पक्राउ गरेको छ ।

हत्यापछि दत्तले डेलिभरी ब्वाईको शव ३ दिनसम्म घरमै राखेको बताइएको छ । त्यसपछि शवलाई उनले रेलवे स्टेशनको छेउमा फालेर जलाउने प्रयास गरेका थिए ।

दत्त मोबाइल किन्न चाहन्थे तर पैसा थिएन । यसका लागि उनले यसरी मोबाइल डेलिभरी गर्न लगाएर हत्या गर्ने योजना बुनेका थिए । उनले पहिले अनलाइन प्लेटफर्म फ्लिपकार्टबाट आइफोन अर्डर गरे। फेब्रुअरी ७ मा २३ वर्षीय डेलिभरी ब्वाई मोबाइल दिन दत्तको घर पुग्दा दत्तले उनलाई पर्खन भने ।

केही बेरपछि हेमन्तले उनलाई भित्र बोलाएर धारिलो हतियारले प्रहार गरी उनको घटनास्थलमै हत्या गरे ।

अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजका आधारमा आरोपीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दत्तले सेकेन्ड ह्यान्ड आईफोन अनलाइन अर्डर गरेका थिए, जसको मूल्य ४६ हजार भारू पर्छ।