NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नीति बहस : विद्युत वितरण र प्रशारणमा खुला पहुँच किन आवश्यक ?

काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा नेपालमा विद्युत वितरण र प्रशारणमा खुला पहुँचबारे छलफल गरिएको छ ।

कार्यक्रम सञ्चालक तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोबिन्दराज पोखरेलले नेपाल राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र आइपानका पूर्व अध्यक्ष सन्दीप शाहसँग यसका समस्या, सम्भावना र आवश्यकताबारे छलफल गरेका छन् ।

नेपालका विद्युत प्रणालीमा विशेषगरी विरतण र प्रशारणमा खुला पहुँचको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ ? नेपालमा विद्यामन ऐनहरूले विद्युत उत्पादनको लागि निजी क्षेत्रलाई खुला गरेजस्तै प्रशारण र वितरणमा पनि खुला गर्न के–के नीतिगत अप्ठेराहरू छन् ? त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा उक्त बहस केन्द्रीत रहेको छ ।

यो कार्यक्रम हरेक आइतबार राति टेलिभिजन र नेपालवाचको यूट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुँदै आएको छ । कार्यक्रमको पूरा भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।