NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

खाना बारम्बार तताएर खाए के हुन्छ ?

एजेन्सी । भनिन्छ, खाना सधै तातो र ताजा खानुपर्छ । हामीले खाने खानेकुराबाट नै हाम्रो स्वास्थ्य निर्धारण हुन्छ । तर धेरै तातो खाना पनि स्वास्थ्यका लागि हानीकारक छ ।

मनतातो खानाले पाचन प्रणालीमा रहेको इन्जाइमहरु छिटो निस्कन मद्दत गर्छ । जसले खाना छिटै पाचान हुन्छ र स्वास्थ्य पनि सन्तुलन हुन्छ । चिसो भन्दा तातो खानामा स्वाद पनि हुन्छ ।

तर आजको दौडधुपको जीवनमा मानिसहरूलाई तीन पटक तातो खाना पाउन गाह्रो छ । यसका लागि मानिसहरुले बासी खाना बारम्बार तताउने गर्छन् ।

यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । विशेषगरी आलु, अण्डा, कुखुराको मासु र हरियो तरकारी पुन तताएर खान हुँदैन् । खानालाई बारम्बार तताउँदा त्यसभित्र रासायनिक प्रतिक्रिया हुन्छ । जसले पोषक तत्वलाई विषमा परिणत गर्छ ।

आलुको तरकारी वा परीकार पुनः तताउँदा यसमा भएको भिटामिन र पोटासियम जस्ता पोषण तत्वहरू हराउँछ । त्यसैले आलुलाई पकाएको केही घण्टाभित्रै खान विज्ञहरू सल्लाह दिन्छन् । यसैगरी अण्डा पनि फेरी तताएर खान विषाक्त मानिन्छ ।

अण्डामा नाइट्रोजन हुन्छ । जुन फेरि तताउँदा कार्सिनोजेनिकमा परिणत हुन्छ। कार्सिनोजेनिक लामो समयसम्म रहेमा क्यान्सर हुन सक्छ। त्यसैले अण्डालाई धेरै पकाउनु उचित हुँदैन ।

प्रोटिन र नाइट्रेट भएका खानालाई पुनः तताएर खानु हुँदैन् । यसले प्रोटिनको मात्रा हराएर जान्छ र खाना विषाक्त बनाउँछ । जसका कारण फूड पोइजनिङ हुन सक्छ ।