NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१६ वर्ष पुरानो आइफोनको अचम्मको क्रेज, ८४ लाख रूपैयाँभन्दा बढीमा बिक्री

एजेन्सी । तपाईं एप्पल आईफोनको लागि कति खर्च गर्न सक्नुहुन्छ ? धेरैले १ देखि २ लाखसम्म जवाफ दिनेछन्। तर, १६ वर्षअघि सार्वजनिक गरिएको आइफोनको लागि कसैले लाखौं रुपैयाँ खर्च गरेको खबर बाहिर आएको छ ।

हामी सबैलाई थाहा छ, विश्वभरका मानिसहरूमा एप्पल आईफोनको धेरै क्रेज छ । अहिले Apple iPhone १५ को चर्चा भैरहेको छ । तर कसैले Apple iPhone को पहिलो जेनेरेशन मोडलको लागि नेपाली रूपैयाँ ८४ लाख रूपैयाँ (आजको डलरको भाउअनुसार) भन्दा बढी खर्चिएको छ । उक्त आईफोनको लिलामी कम्पनीले राखेको थियो ।

यो आईफोन सन् २००७ मा सार्वजनिक भएको थियो । यो स्टीव जब्सद्वारा सार्वजनिक गरिएको थियो र अहिले यो फोन कम्पनीको लागी एक गेम चेन्जर बन्न पुग्यो ।

फोनमा ३.५ इन्चको डिस्प्ले र २ मेगापिक्सेलको क्यामेरा रहेको छ । यससँगै होम बटन पनि दिइएको थियो, जसलाई निकै रूचाइएको थियो ।

८४ लाख रूपैयाँमा बिक्री

एप्पलको नयाँनयाँ मोडल लञ्च भएसँगै यसको मूल्य पनि बढेको छ । धेरैले नयाँ मोडल नै रोज्छन् । तर अचम्म के छ भने कसैले नयाँ मोडलको सट्टामा १६ वर्ष पूरानो फोन महंगो पैसा हालेर किनेका छन् । पहिलो पुस्ताको आईफोन यति महँगो बिक्री भएको यो पहिलो पटक भने होइन ।

तर, पहिलो पुस्ताको आईफोनका लागि यो मूल्य अहिलेसम्मकै उच्च भएको बताइएको छ । अघिल्लो वर्ष अक्टोबरमा यस्तै महंगो मूल्य खर्चेर आईफोन किनेका थिए । अब यो रेकर्ड पनि तोडिएको छ ।

फोन लिलामी गर्ने वेबसाइट एलसीजी अक्सनले सिल गरिएको पहिलो पुस्ताको आईफोनको मूल्य ६३ हजार ३५६.४० डलर रहेको बताएको छ । यसलाई नेपाली मुद्रामा रूपान्तरण गर्दा करिब ८४ लाख रुपैयाँ पर्छ।

जाडो मौसममा भएको थियो लिलामी

वेबसाइटका अनुसार,  यो फोनको लिलामी २०२३ को फेब्रुअरी २ देखि १९ फेब्रुअरीसम्म 2023 Winter Premier Auction मा सुरु भएको थियो। फोन बिक्री विवरणमा अर्थात लिलामी गर्दा यस फोनको मालिक करेन ग्रीनले आफूले आइकोनिक फ्याक्ट्रीमा सिल गरिएको पहिलो रिलिज भएको आइफोन उत्कृष्ट अवस्थामा बिक्री गरिरहेको उल्लेख गरेका छन् । बिजनेस इनसाइडर रिपोर्टका अनुसार करेन ग्रीन न्यू एक कस्मेटिक ट्याटू कलाकार हो । उनले सो फोन गिप्टस्वरूप पाएका थिए । तर त्यतिबेला उक्त भर्सन टेलिकम कम्पनीसँग सम्बन्धित थियो जुन आइफोनको लागि सो उपलब्ध थिएन ।

जसका कारणले उनले आइफोन खोलेनन् अहिले आएर सो फोन बेच्ने निर्णय गरे । उनले बेच्ने निर्णय भने LCG Auctions कम्पनीसँग सोधेर मात्रै लिएका थिए ।