NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

डेढ अर्ब बचत रहेको सहकारीका अध्यक्ष सम्पर्कविहीन

काठमाडौं । एक अर्ब ४८ करोड ५५ लाखभन्दा बढी रकम जम्मा भएको विराटनगर–२ स्थित तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन भएका छन् ।

रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलनमा रहेका बेला अध्यक्ष सम्पर्कविहीन भएका हुन् । बचतकर्ताको आन्दोलनका कारण सहकारी सातायता बन्द छ ।

सहकारीमा बचत रकम झिक्न जाँदा सर्वसाधारणलाई फिर्ता नदिई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको छ । मोरङ प्रशासनले सञ्चालकहरूको बैंक खाता र सहकारीका विभिन्न स्थानमा रहेका अचल सम्पत्ति रोक्का गरेको छ ।

विराटनगर प्रबन्धक मन्दीप खवासले र्आिक मन्दीका कारण लगानी प्रभावित हुँदा निक्षेपकर्ताको रकम फिर्ता गर्न समस्या भएको दाबी गरेका छन् । उनका अनुसार, विराटनगरमा मात्र करिब ६ हजार सर्वसाधारणको ६५ करोड बचत छ । मोरङ, झापा, सिरहा र उदयपुरमा गरी यो सहकारीमा सर्वसाधारणले १ अर्ब ४८ करोड ५५ लाख रूपैयाँ बचत गरेका छन्, कान्तिपुरमा खबर छ ।