NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राष्ट्रपति निर्वाचन : आयोगले सार्वजनिक गर्यो मतदाता नामावली

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले सो नामावली सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको नामावलीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ ।

अधिकृतको कार्यालय अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्म तोकिएको छ ।

निवेदन तथा उजुरी उपर छानविन गरी फागुन १२ गते ४ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।