NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति सांसद ज्वालाको आपत्ति

काठमाडौं । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राजतन्त्र हटेर गणतन्त्र आइसक्दासमेत पूर्वराजाले महाराजको हैसियतमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘यो देशमा अहिले पनि श्री ५ महाराजाधिराज छन् ? अहिले पनि राजतन्त्र छ ? मेरो गम्भीर ध्यानकर्षण छ । संविधान र व्यवस्थामाथि चुनौती दिने हिसाबले जुन बक्तव्यवाजी भएको त्यसमा घोर भत्सर्ना गर्न चाहन्छु’, उनले भने ।

नेपाली जनक्रान्ति र जनआन्दोलने ढालिसकेको राजसंस्था ब्युँत्याउनु भनेको मसानघाटमा दाहसंस्कार गरेर फर्किएपछि पुनः लाशलाई ब्युँत्याउनु जस्तै भएको उनले बताए ।