NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सात महिनामा १४ अर्ब ७६ करोडको स्मार्टफोन नेपाल भित्रिए

काठमाडाैं । सरकारले महंगो स्मार्टफोन आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपनि नेपालमा अपेक्षित रूपमा स्मार्टफोनको भित्रिन नसकेको मोबाइल व्यवसायीले बताएका छन् । एक वर्षभन्दा बढी तीन सय डलरभन्दा  महंगो फोन आयातमा  लगाएको प्रतिबन्ध गत मंसिरमा खुलाएको थियो ।

तथ्यांकअनुसार पनि पहिलेको तुलनामा नेपालमा स्माट फोन आयात घटेको छ ।

चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ । नेपालमा चालु आवको साउनदेखि माघसम्ममा १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँको १० लाख पिस स्मार्टफोन आयात भएको हो ।

सो मूल्य बराबरको स्मार्टफोन आयात हुँदा सरकारले २ अर्ब ७५ करोड ६३ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।

त्यस्तै चालु आवको ७ महिनामा २८ करोड ९९ लाख रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागको तथ्यांक छ । सो मूल्य बराबरको स्मार्टवाच आयात हुँदा सरकारले ८ करोड ८७ लाख रुपैयाँको राजश्व उठाएको छ ।

७ महिनासम्ममा नेपालमा ३० करोड ४२ लाख ४६ हजारको इयरफो, हेडफोन आयात भएको छ । त्यस्तै १० करोड ९० लाखको मोबाइल चार्जर, ३ करोड ३८ लाखको टेलफोन सेट र ३ करोड ३१ लाखको माइक्रोफोन आयात भएको छ ।