NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

६१ जना सहसचिवको सरुवा

काठमाडाैं । सरकारले एकैपटक ६१ जना सहसचिवको सरुवा गरेको छ ।  बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विभागीय मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।

सरूवा हुनेमा अख्तियार अनुसन्धान आयोगका श्यमाप्रसाद भण्डारी प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका डा.टोकराज पाण्डे संघीय मामिला तथा समामन्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै गृहमन्त्रालयका छविलाल रिजाल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा गएका छन् ।