NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

श्रीलंकाले पर्यटक सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउँदै

कोलम्बो । श्रीलंकाले आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ ।

सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको पर्यटन मन्त्रीले जानकारी दिएका हुन् । श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएकाे समाचारमा जनाइएको छ ।

उनले सो मोबाइल एपमा सात भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि बताए । पछिल्लो समयमा श्रीलंकामा पर्यटकमाथि पनि आक्रमण हुने गरेको भन्ने सूचनाका कारण उनीहरुको सुरक्षा कै लागि यो एप बनाइएको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।

पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेका विषयमा जानकारी गराउना साथ यहाँका अधिकारीले सो एप हेर्न सक्ने गरी सो एप निर्माण गरिएको बताइएको छ ।

सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ ।