NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

नवलपरासी । गएराति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–४, देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए ।