NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मृगौला खराब हुँदा कस्ता संकेत देखिन्छन् ?

एजेन्सी । हाम्रो शरीरमा हुने हरेक अंगको आ–आफ्नै काम हुन्छन् । मुटु, मस्तिष्क र फोक्सोजस्तै मृगौलाले पनि समग्र स्वास्थ्य कायम राख्न काम गर्छ ।

मृगौलाको मुख्य काम रगत सफा गर्नु र पिसाबको माध्यमबाट शरीरका फोहोरहरू बाहिर फाल्नु हो । यसबाहेक, मृगौलाले रक्तचापलाई नियन्त्रण गर्न र रातो रक्त कोशिकाको निर्माणका साथै शरीरको पीएच स्तरलाई नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

मृगौलामा कुनै किसिमको समस्या भएमा धेरै रोगहरुको सामना गर्नुपर्ने हुन्छ । यसका लागि मृगौला स्वस्थ हुन जरुरी छ । मृगौलामा यदि कुनै समस्या भएमा हाम्रो शरीरमा विभिन्न परिवर्तन देखापर्छन् ।

अनुहार, खुट्टा र आँखा सुन्निने

मृगौलाको मुख्य काम शरीरबाट विषाक्त र फोहोर पदार्थ बाहिर निकाल्नु हो । तर मृगौलाले राम्ररी काम गर्न छोडेपछि यसले शरीरबाट फोहोर बाहिर निकाल्न सक्दैन् । जसले गर्दा पानी र नुनसँगै विषाक्त पदार्थ शरीरको तन्तुमा जम्मा हुन थाल्छ र शरीरमा यी सबैको मात्रा बढेपछि व्यक्तिको अनुहार, खुट्टा र आँखा सुन्निन थाल्छ ।

अत्यधिक थकान महसुस हुनु

मृगौलाले रातो रक्त कोशिकाहरू पनि उत्पादन गर्छ । जसको कमीले एनीमिया हुन सक्छ । यसले गर्दा मृगौलाले मस्तिष्क र मांसपेशीलाई अक्सिजन र पोषक तत्वको आपूर्तिमा पनि बाधा पु-याउन सक्छ, जसका कारण शरीरमा धेरै थकाइ लागेको महसुस हुन सक्छ । त्यसैले अत्यधिक थकाई लाग्छ भनो पनि चिकित्सककोमा जान जरुरी छ ।

पिसाबमा परिवर्तन
मृगौलामा कुनै प्रकारको समस्या भएमा पिसाबमा पनि परिवर्तन देखिन थाल्छ । सामान्यतया, मृगौलाले रगतलाई फिल्टर गर्न मद्दत गर्दछ भने पिसाबको माध्यमबाट शरीरबाट फोहोरहरू बाहिर निकाल्छ । तर मिर्गौलाले राम्ररी काम नगर्दा पिसाबमा परिवर्तन देखिन्छ । यस्तो अवस्थामा कसैलाई बारम्बार पिसाब लाग्न सक्छ भने कसैको पिसाबमा रगत देखापर्छ ।

सास फेर्न गाह्रो हुनु

मृगौलाले हाम्रो शरीरमा तरल पदार्थलाई सन्तुलनमा राख्ने गर्छ । मृगौलामा समस्या हुँदा फोक्सोमा तरल पदार्थ जम्न थाल्छ र सास फेर्न अप्ठेरो र गाह्रो हुन्छ । कतिपयलाई सास फेर्न कठिन भएसँर्गै छाती दुख्ने समस्या पनि हुन्छ ।

छाला सुख्खा हुनु

मृगौला खराब र अस्वस्थ भएको अर्को संकेत छाला सुख्खा हुनु हो । छाला सुख्खा हुने तथा चिलाउने समस्या भएपनि मृगौलामा कुनै समस्या छ भनेर जान्न जरुरी छ ।