NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मस्कोनजिक ड्रोन दुर्घटना, के भन्छ रुस ?

काठमाडौं (एजेन्सी) । रुसको मस्को क्षेत्रमा ड्रोन दुर्घटना भएको छ । घटनामा जनधनको क्षति भने हुन पाएन ।

सो क्षेत्रका गभर्नरले ड्रोन दुर्घटना भएको पुष्टि गर्दै आवासीय क्षेत्रमा आक्रमण गर्ने प्रयासस्वरूप ड्रोन पठाइएको हुनसक्ने आकलन गरेका छन् ।

रक्षा मन्त्रालयले दुई युक्रेनी ड्रोन खसालेको जानकारी दिएपछि गभर्नर एन्ड्रे भोरोब्योभको यो बयान आएको हो।

युक्रेनले रुसभित्र भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।

यो ड्रोन जहाँ दुर्घटना भएको छ त्यहाँ रुसको राज्य ऊर्जा कम्पनी गाजप्रोम छ । यो क्षेत्र मस्को देखि १०० किलोमिटर टाढाको दूरीमा छ।

गाजप्रोमले रुसको समाचार एजेन्सी नोवोस्तीलाई कोलोम्ना जिल्लाको कम्पनीको काममा कुनै अवरोध नआएको जनाएको छ ।

आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, ‘ड्रोनको लक्ष्य कोलोम्नाको आवासीय क्षेत्र थियो, जसमा कुनै क्षति पुगेको छैन। रुसको सुरक्षा सेवा र अन्य एजेन्सीहरू घटनास्थलमा छन् र अनुसन्धान जारी छ।’

रुसका सञ्चारमाध्यम र अधिकारीहरूले साझा गरेका तस्बिरहरूमा ड्रोन रुखको बीचमा खसेको र नजिकै हिउँ परेको देखिन्छ ।