NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

किन स्थगित गरियो प्रतिनिधिसभा बैठक ?

काठमाडौं । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको जानकारी दिएका छन् । फागुन २५ र चैत ३ मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी भएको र यसबीचमा सभामुखको विदेश भ्रमण रहेकाले दलहरूको सहमतिमै लामो समय बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभा बैठक स्थगित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निणर्य गरिसकेको छ ।