NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘प्रभु स्मार्ट फन्ड’ को आजदेखि बिक्री खुला

काठमाडौं ।  ‘प्रभु स्मार्ट फन्ड’ को आज (फागुन १८) गते बिक्री खुला भएको  छ । प्रभु क्यापिटलले प्रभु म्युचुअल फन्डअन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो ।

जसमध्ये १४५ अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १५ अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । फन्डमा न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।

यो १० वर्षे बन्दमुखी योजना हो । यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा चैत ५ गतेसम्म आवेदन खुला रहने प्रभु क्यापिटलले जनाएको छ ।