NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रियलमीको अहिलेसम्मकै स्लिम मोडल रियलमी १० नेपालमा, यस्तो छ बजारमूल्य

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा अहिले यो मुल्यमा उपलब्ध फोनहरुमध्ये यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ ।

सेग्मेन्टकै एक मात्र ९० हर्ज एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेटको कम्बो

नेपाली बजारमा अहिले यो ८ जिबी -याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ । जसको मुल्य २९ हजार ९९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।

बजारमा यहि मुल्यका फोनहरुमा कि त एलसिडि अथवा पुरानै स्न्यापड्रागन ६८० चिपसेट प्रयोग गरिएको हुन्छ तर रियलमी १० मात्र एउटा यस्तो मोडल हो जुनमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ । जसको मतलब हुन्छ फोन चलाउँदा भिजुअल एक्स्पिरियन्स अझ राम्रो हुन्छ किनकी रंगहरु प्रष्ट हुन्छन् र औँलाको दागहरु धेरै बस्दैनन् । कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको यस रियलमी १० मा १००० निट्सको ब्राइट्नेस भएकोले दिउँसो पनि राम्रोसँग स्क्रिन देखिन्छ ।

यो भन्दा अगाडिको मोडल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसि) को पावर पर्फर्मेन्स ४० प्रतिशतले बढी छ जसले गर्दा फोन चलाउँदा ल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ । त्यस्तै यसमा रहेको सिक्स एनएम टेक्नोलोजीले गर्दा सिपियु पर्फर्मेन्स २५ प्रतिशतले, जिपियु पर्फर्मेन्स ७८ प्रतिशतले बढाउनुको साथै समग्र पावर खपत चाँही २० प्रतिशतले घटाएको छ । त्यस्तै यसको एनटुटु बेन्चमार्क स्कोर ४०००८४ रहेको छ जुन अहिले बजारमा उपलब्ध जी९९ पावर्ड स्मार्टफोनहरु मध्य सबैभन्दा धेरै हो ।

बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताहरुको लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको छ । यसमा ब्यालेन्स्ड मोडमा ४० एफपिएसमा पबजी खेल्न मिल्छ ।

१६ जिबिको ठुलो डाइनामिक याम

सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथ बनाउन यसमा ८ जिबिको -याम र १२८ जिबिको रोम प्रदान गरिएको छ जसमा ३२००० सम्म फोटोहरु स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टिबिसम्म बढाउन मिल्छ ।

यो मुल्यमा उपलब्ध हुने प्राय फोनहरुमा इएमएमसि -याम राखिएको हुन्छ तर रियलमी १० मा  LPDDR4X -याम राखिएको छ जसले अझ छिटो र स्मुथ तरिकाले एपहरु स्विच गर्न र फाइलहरु रिड र राइट गर्न सकिन्छ । त्यस्तै गेमिङको लागि पनि अझै स्टेबल फ्रेम्र रेट हुन्छ । त्यस्तै रियलमी १० मा ८ जिबि सम्मको भर्चुअल ¥याम राखिएको छ जसले गर्दा ¥यामको स्टोरेज १६ जिबि सम्म बढाउन मिल्छ । यसले गर्दा १८ वटासम्म एपहरु स्ट्यान्ड बाइ मोडमा चलाउन सकिन्छ जसले गर्दा प्रयोगकर्ताहरुले आफ्नो फेभरेट एपहरु स्मुथ तरिकाले न्याभिगेट गर्न सक्छन् ।

रियलमीको अहिलेसम्मकै स्लिम मोडल रियलमी १० नेपाल आउँदै

रेटिङको कुरा गर्नुपर्दा रियलमी १० ले TÜV SÜD 36– मन्थ फ्लुएन्सी रेटिङमा ए पाएको छ जुन यो स्ट्यान्डर्डको फोनहरुमा सबैभन्दा धेरै हो । र यसको कारण हो – यसको पावरफुल चिपसेट र स्टोरेज सपोर्ट । प्रयोगकर्ताहरुले सकेसम्म स्मुथ तरिकाले फोन चलाउन पाउन् भनेर यो फोनमा एजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइल लोडिङ टेस्ट जस्ता अन्य धेरै टेस्टहरु गरिएको छ ।

स्लिम बडीमा पावरफुल ब्याट्रि

रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्रि भएकोले गर्दा दिनभरी नै आरामसँग फोन चलाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्रि ० प्रतिशतबाट ५० प्रतिसशतसम्म चार्ज हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने एकदमै शक्तिशाली ब्याट्रि जडान गरिएको भए तापनि यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट हो । त्यस्तै यसको वजन रहेको छ १७८ ग्राम, जुन अत्यन्तै हलुका हो । यस्तो हलुका भएकोले गर्दा दिनभरी गेम खेल्दा अथवा अन्य कुनै कामको लागि फोन प्रयोग गर्दा पनि हातमा दबाव महसुस हुँदैन ।

पावर मिट्स स्टाइल : लाइट पार्टिकल डिजाइन

स्टाइल त रियलमी फोनहरुको अभिन्न अंग नै हो । प्रकाशको गतीमा चल्ने लाइट पार्टिकलहरुबाट प्रेरित भएर रियलमी फोनहरुको डिजाइनमा पनि लाइट पार्टिकल नै फिचर गरिएको छ । रियलमी १० मा ६ लेयरको एउटा विशेष किसिमको कोटिङ गरिएको छ जसले गर्दा स्टनिङ ग्लसी फिनिश र घम् टेक्स्चर त आइ नै हाल्छ, साथै फिङरप्रिन्टहरु पनि कम देखिन्छन् ।

५० एमपिको कलर एआइ क्यामरा र १६ एमपिको सेल्फी क्यामरा

रियलमी १० मा ५० एमपिको मुख्य क्यामरा र १६ एमपिको सेल्फी क्यामरा राखिएको छ । जुन यो मुल्यमा उपलब्ध हुने फोनहरुमा पाइने मध्य सबैभन्दा धेरै हो । त्यस्तै यसको मुख्य क्यामरामा भएको ५० मिलियन पिक्सेलको सामसँग जेएन१ सेन्सरले  गर्दा फोटोहरु असाध्यै उत्कृष्ट आउँछन् । त्यस्तै प्रो–लाइट टेक्नोलोजी युक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा शटर स्पिड पनि १२१ प्रतिशतले सुधारिएको छ ।

हाइ रेजोल्युसन सेल्फी क्यामरा र इन्ह्यान्स्ड नाइट शट युक्त यस रियलमीमा भएको स्ट्रिट फोटोग्राफी मोड २.० मा म्यानुअल्ली नै फोकस जोन कन्ट्रोल गर्न मिल्छ भने जुम इन र जुम आउट पनि आरामसँग गर्न मिल्छ ।

उपभोक्ताकेन्द्रित फिचरहरु

यो भन्दा अगाडिका मोडलहरुमा ३.५ एमएमको हेडफोन ज्याक र २००% अल्ट्रा बुम स्पिकर राखिएको थियो जुन उपभोक्ताहरुले एकदमै मन पराएका थिए । त्यही कारणले रियलमी १० मा पनि यी दुईवटै फिचरहरु समावेश गरिएका छन् । अल्ट्रा बुम् स्पिकर मार्फत उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइला पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मजा लिन सक्नेछन् ।

यो फोन आकर्षक क्ल्याश व्हाइट र रस ब्ल्याक रंगमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।