NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सिटिजन्स बैंकका ग्राहकले सेन्ट्रल डायग्नोस्टिकमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन् ।

यस छुटसम्बन्धी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।