NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध, यस्ता छन् कारण

काठमाडौं। यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध भएको छ । कार्यालयले सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको जनाएको छ ।

आइतबार सूचना जारी गर्दै कार्यालयले सर्भरमा समस्या आएको जनाएको छ । तर सर्भरमा कस्तो समस्या आएको हो भन्नेबारे बताएको छैन ।

सेवा प्रभावित हुँदा नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको छ ।

यस्तै लाइसेन्स नविकरण, हराएको लाइसेन्स बनाउने जस्ता सेवाहरु पनि अवरुद्ध भएको छ ।

आजको लागि बायोमेट्रिकको समय तय भएका सेवाग्राहीलाई फागुन २५ गतेको समय दिइएको छ ।