NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

प्रचण्ड देश र जनताको पक्षमा उभिन नसक्ने कायर नेता हुन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देश र जनताको लागि उभिन नसक्ने कायर नेता भएको आरोप लगाएका छन् ।  विदेशीको इशारामा प्रचण्डले वामपन्थी गठबन्धन भात्काएकोमा उनले आक्रोस पोखे ।

२४ औं यदु स्मृति प्रतिष्ठनले आइतबार राजधानीमा आयोजना गरेको  कार्यक्रममा सम्बोधन गर्दै उनले माओवादीबाट अब देश विकास नहुने जिकिर गरे ।

‘देश र जनताको पक्षमा उभिएको एमालेलाई आज चौतर्फी घेराबन्दी  भइरहेको छ । त्यसकै लागि माओवादी असफल भएको ८ दलीय गठबन्धन ब्युँताएर हामीमाथि आक्रमणा गरिरहेका छ । त्यसको माओवादीले गम्भीर मुल्य चुकाउने छु,’ उनले भने ।

कार्यक्रममा उनले माओवादी सशस्त्र विद्रोह अस्वीकार गरेकाले गौतमकाे हत्या भएको आरोप लगाए ।

त्यस्तै  प्रतिष्ठनले २१ औं प्रतरकारिता पुरष्कार गोरखपत्रका पत्रकार लोकबहादुर(लक्की) चौधरीलाई प्रदान गरेको छ । तत्कालिन रुकुमका सचिवसमेत रहेका गौतमलाई माओवादीले २०५५ मा आजकै दिन सानिभेरीको किनारमा हत्या गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष