NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माओवादीविरुद्ध घेराबन्दी भयो, अब मिल्नुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीलाई एक ठाउँमा आउन आग्रह गरेका छन् ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले माओवादी आन्दोलन कमजोर नभए पनि आफूहरू विभिन्न धार र भंगालामा बाढिएपछि प्रभाव घटेको बताए ।

‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता सबैले महशुस गरेका छन् । म साथीलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु’, उनले भने, ‘माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन् ।’

माओवादीहरू विभिन्न धारामा विभाजित भएको थाहा पाएर नै प्रतिक्रियावादीले विभिन्न किसिमका भ्रमहरू छर्ने र घेरा हाल्ने षड्यन्त्र गरिरहेको उनले आरोप लगाए।